• Thursday 10th of September 2026

पार्टीको आधिकारिकता, रूख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ: शेरबहादुर देउवा


  • आशाका किरण

नेपाली काङ्ग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण अधिकारिकता आफूहरूले नै पाउने दाबी गर्नुभएको छ । 

११३ औं बीपी जयन्तीको अवसरमा भक्तपुर काङ्ग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रूख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण अधिकारिकता आफूहरूले नै पाउने दाबी गर्नुभएको हो । उहाँले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाएर एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गर्नुभयो । आफू काठमाडौँ आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त अपार माया र समर्थन कुनै व्यक्तिविशेषको नभई समग्र पार्टीको शक्ति भएको उहाँले बताउनुभयो । उहाँले विशेष महाधिवेशनमा प्रतिनिधिको विधिवत पहिचान र आवश्यक सनाखत नभएको तथा खल्तीबाट नाम राखेर अवैध रूपमा महाधिवेशन गरिएको आरोप लगाउनुभयो ।
त्यस्तै अन्य संस्थापनतिरै समूहका नेताहरूले आफूहरूले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारिक रुपमा आफूहरूले नै महाधिवेशन गर्ने जनाएका छन् ।

त्यस्तै काङ्ग्रेस नेता शशाङ्क कोइरालाले देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध बनाएर सफल बनाउनुपर्ने बताउनुभयो । अहिले पार्टी टुक्रिने सम्भावना पनि देखिएको भन्दै अर्को पक्षलाई पनि साथमा लिएर अघि बढ्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

त्यस्तै अन्य नेताहरूले १४ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने महाधिवेशन नै आधिकारिक हुने दावी गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij