• Thursday 10th of September 2026

सरकारका मन्त्रीहरूलाई शासकीय अहङ्कार नदेखाउन वर्षमान पुनको सुझाव


  • आशाका किरण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरूलाई सुझाव दिनुभएको छ । 

बुधबार सांसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिनुभएको हो । उहाँले  मङ्गलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले एजेन्सीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र “एक्लै संसार बोकेर हिँड्ने“ अहङ्कारी शैली देखाएको उहाँको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्वीकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताउनुभयो । 

उहाँले  गत वर्ष युवाहरूमा गोली प्रहार, दमन भएको तथा त्यसपछि जनताको आक्रोश र प्रतिवाद स्वाभाविक रूपमा उर्लिएको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनमा भूराजनीतिक स्वार्थ, घुसपैठ, हिंसा, तोडफोड र आगजनी मिसिएको भन्दै जोसुकै संलग्न भए पनि २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही हुनुपर्ने उहाँले  बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij