• Thursday 10th of September 2026

रसुवा बाढीका बेपत्ताको खोजी तीव्र बनाउन कवीन्द्र बुर्लाकोटीको माग


  • आशाका किरण

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीका बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग गर्नुभएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोतसाधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन माग गर्नुभएको हो । उहाँले उद्धार गरिएका, बेपत्ता रहेका तथा मृतकहरूको प्रमाणित आधिकारिक विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पु¥याउन र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले भेटिएका शवहरूको पहिचान सहज बनाउन तत्काल डीएनए परीक्षण गर्ने व्यवस्था, आवश्यक उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

त्यस्तै उहाँले आगामी दिनमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक कार्यालय वा भौतिक संरचना निर्माण नगर्न सुझाव दिनुभएको छ । जोखिमयुक्त क्षेत्रमा विपद्बाट बच्न आवश्यक पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij