–तारानाथ आचार्य बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला÷महोत्सवको आयोजना भए त्यहाँ पु–
पूर्णप्रसादलाई पनि त्यो मारले छोडेन । उहाँ जस्तै २८ जना किसानले मङ्गलबार मन अमिलो बनाउँदै आफूले पाएको पुरस्कार ग्रहण गरेका छन् । गमलामा फलाएको खुसार्नी महोत्सवमा प्रदर्शन गर्नुभएका बागलुङ नगरपालिका–९ का पदमबहादुर खत्रीको पनि समस्या कम छैन । उहाँले पनि हजारौँको लगानीमा महोत्सवस्थलमा पु¥याएको खुसार्नीले फाइदा होइन, घाटाको व्यापार गरेको छ । हुन त खुसार्नी पहिलो नै भयो तर खर्चको एक तिहाइ पनि उठाएको छैन । छैटौँ बागलुङ महोत्सवको अवसरमा आयोजना गरीएको कृषि मेला प्रदर्शनीको संयोजनको जिम्मेवारी लिएको मिरमिरे कृषि सहकारी संस्थाले मङ्गलबार उत्कृष्ट हुने किसानका उत्पादनलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो । आफ्नो प्रमुख नारा नै बनाएको उद्योग वाणिज्य सङ्घ तथा महोत्सव मुल आयोजक समितिले मुल समाररोहमा पुरस्कार वितरण नगरेकाले सहकारीले आफ्नो संयोजनमा रहेका सबै कृषकलाई बोलाएर मङ्गलबार पुरस्कार तथा सम्मान वितरण गरेको हो । महोत्सवमा प्रदर्शन गरिएमध्ये सात विधाका २८ कृषकलाई पुरस्कार वितरण गरिएको थियो । प्रदर्शनीमा सहभागी भएर प्रथम हुनेले रु एक हजार, द्वितीय हुनेले रु ७००, तृतीय हुनेले रु ५०० र सान्त्वना हुनेले रु ३०० प्राप्त गरेका छन् ।
उनीहरुले पाएको रकममा कर कट्टा गरिएको थियो । पुरस्कार तथा सम्मान कार्यक्रममा सहभागी किसानले राज्यले किसानको पीरमर्का नबुझेको गुनासो गरे । उनीहरुले राज्यले उपलब्ध गराएको सुविधासमेत झोलामा फाराम दर्ता गर्नेले वास्तविक किसानले पाउनबाट वञ्चित बनाएको गुनासो गरेका थिए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य सङ्घका सहमहासचिव थानेश्वर सुवेदीले महोत्सव कृषि तथा पशुजन्य उत्पादनको प्रथमिकता हुँदाहुँदै पनि राज्यको नीति र उद्योग वाणिज्य सङ्घको सीमित स्रोतका कारण व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । कार्यक्रममा किसान तुलसीराम सापकोटा, माया खड्का, हीराबहादुर केसीले बोल्नुभएको थियो ।
