• Friday 24th of July 2026

भिडन्तमा चार सिरियाली सैनिक मारिए


  • आशाका किरण

२ माघ (रासस÷सिन्ह्वा): पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आइएस) लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ । सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकैे भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । आइएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ट सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिन पछाडी पुनः आइएसले आक्रमण गरेको बताइएको छ । अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परी ३४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन्. । त्यसगरी १०३ आइएस लडाकू मारिएका जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij