• Tuesday 8th of September 2026

जोसुवा फुटबल क्लबको आयोजनामा रोमानियाको बुकारेस्टमा चौथो फुटसल प्रतियोगिता आयोजना हुँदै,२९ टिमले सहभागिता जनाउँदै


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । रोमानियामा रहेका नेपालीहरुले संचालन गरेको जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता २०२५ अप्रील १९ बाट सुरु हुने भएको छ । रोमानियाको बुकारेस्टमा रहेको प्रोग्रेसुल एरिनामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको जोसुवा फुटबल क्लबका सचिव विजय गुरुङले बताए ।

कार्यक्रममा रोमानिया भरका २९ टिमको सहभागिता रहने क्लबका अध्यक्ष दिपक तामाङले आशाका किरणलाई बताए । वेस्टर्न युनियनको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रममा रोमानियामा कृयाशिल विभिन्न संघ संस्थाको सहयोग रहेको छ ।

कार्यक्रममा विजेताले शिल्ड मेडल प्रमाणपत्र सहित प्रथम हुनेले १० हजार रोमानियन मुद्रा र द्वितीय हुनेले ५ हजार रोमानियन मुद्रा नगद पुरस्कार समेत प्राप्त गर्ने आयोजकले बताए । कार्यक्रममा वेस्ट गोल किपर,उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई ट्रफीका साथ जनही १  हजार रोमानियन मुद्रा नगद पुरस्कारले सम्मान गरिने कार्यक्रम रहेको छ ।

३ दिन सम्म चल्ने प्रतियोगिता नेपाली समुदायलाई जोड्न र विदेशी भुमिमा समेत खेल कौशल भएकालाई आफ्नो प्रतिभा देखाउने मौका प्रदान गर्न फलदायी हुने संस्थाका सचिव विजय गुरुङले बताए । फुटसल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई मेडलले सम्मान गरिने संस्थाका अध्यक्ष दिपक तामाङले आशाका किरण मिडियालाई बताए ।

चौथो फुटसल प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण समारोह २०२५ अप्रील २१ गते प्रोग्रेसुल एरीनामा हुने छ । कार्यक्रमामा संकलित रकम नेपाली समुदायलाई सहयोग गर्न,आपतकालीन कोष स्थापना गर्न र दुखी गरिबलाई सेवा गर्न प्रयोग गरिने आयोजकले एक कार्यक्रम मार्फत जानकारी गराएको  थियो । समापन समारोहमा विशिस्ट ब्यक्तीहरुको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने आयोजकको तयारी रहेको छ ।
यस्तो छ खेल तालिका :

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij