सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेको मंसिर १०-१२ गते सम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा भाग लिन प्रवासबाट ३० जना प्रतिनिधि चुनिएका छन् । प्रवासमा रहेका नेपालीको आवाजलाई बुलन्द गर्न र उनीहरुको पक्षमा दरिलो वकालत गर्ने उद्धेश्यका साथ ३० जना प्रतिनिधि छानिएको प्रतिनिधि मध्यकी एक प्रवासी नेपाली मंच रसियाकी अध्यक्ष डा बिमला भण्डारीले आशाका किरण मिडियालाई बताईन ।
हेर्नुस प्रवासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटी अन्तर्गत रहेका निर्वाचन क्षेत्रवाट सर्वसम्मत रूपमा चयन भएका कुन देशबाट को-को आए एमाले महाधिवेशन प्रतिनिधि :
अन्तराष्ट्रिय कमिटीबाट:
१. भक्त गुरुङ (युके)
२. रमेश पाण्डे (अष्ट्रेलिया)
३. प्रभु थापा (अमेरिका)
४. डा. बिमला भण्डारी (रसिया)
५. कुन्ति थापा (अमेरिका)
युरोप महादेशबाट :
१.भक्त बहादुर वाग्ले (फ्रान्स)
२.गोविन्द पौडेल (पोर्चुगल)
३.मुक्त गुरुङ (स्पेन)
४.कल्पना त्रिपाठी (युके)
५.सरस्वती चापागाई (बेल्जियम)
अमेरिकाज क्षेत्र :
१. यमुना भट्टराई (महिला), अमेरिका
२. यमुना घिमिरे (महिला), अमेरिका
३. कूष्ण प्रसाद लामिछाने अमेरिका
४. रामहरी खड्का , (क्यानडा)
५. बेनी माधब कंडेल (गोपाल), अमेरिका
ओशिनिया महादेशबाट:
१. डा विनोद श्रेष्ठ,(अष्ट्रेलिया)
२. डा भगवान दत्त यादव, (न्युजिल्यान्ड)
३. केशव जोशी, (अष्ट्रेलिया)
४. सीता केसी थापा, (अष्ट्रेलिया)
५. भावना नेपाल, (न्युजिल्यान्ड)
पुर्वि एसिया :
१. भक्त गुरुङ (हंगकंग)
२. श्रीजना नेपाली, महिला (द. कोरिया)
३. मोहन सिं रायमाझी, (जापान)
४. हरि चन्द्र पौडेल, (जापान)
५. सुमित्रा रायमाझी (बस्न्यात), (जापान)
खाडी क्षेत्र ( मध्य पूर्व):
१. कमलमणी गुरागाइ, (कतार)
२. शालिकराम पन्त, (बहराईन)
३. महेश गिरि, (यूएई)
४. ज्योति शर्मा, (महिला) इजराइल
५. रेणु कार्की(महिला) कतार
