• Friday 24th of July 2026

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी


  • आशाका किरण
{"caption":"u0924u0928u0939u0941u0901u0915u094b u092eu094du092fu093eu0917u094du0926u0947u2013u0969 u0909u092eu093eu091au094bu0915 u0916u093eu0928u0940u0917u093eu0909u0901u092eu093e u0909u0924u094du092au093eu0926u093fu0924 u0938u0941u0928u094du0924u0932u093e u091fu093fu092au0947u0930 u0938u0902u0915u0932u0928 u0917u0930u093fu0901u0926u0948u202fu0964 u0924u0938u094du092cu093fu0930 : u092au094du0930u0924u093eu092a/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ । अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष रु ३६ लाख आम्दानी गर्नुभएको थियो । “गतवर्ष सुन्तला बिक्री गरेर रु ३६ लाख आम्दानी गर्न सफल भएको थिएँ” व्यवसायी अर्यालले भन्नुभयो, “एकवर्ष धेरै उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने कारणले गर्दा पनि यसवर्ष सुन्तला उत्पादनमा कमी भई गतवर्षको जस्तो आम्दानी भएन ।” अर्यालले आजभन्दा ४० वर्ष अघि २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका विरुवाबाट व्यवसायको थालनी गर्नुभएको थियो ।

“कृषि विषय अध्ययन गर्दा व्यवहारिकतालाई पनि जोड दिइन्थ्यो,” व्यवसायी अर्यालले भन्नुभयो, “सोही समयमा सारेको बिरुवा राम्रो हुँदै गएपछि २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाएको हुँ ।” अस्सी रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको सुन्तला बगैँचामा एक हजार ६०० वटा सुन्तलाका बोट छन् । अर्यालको मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो । सुन्तला र कफीखेतीबाट नै आठ जनाको परिवारको शिक्षा दीक्षा तथा घरखर्च चलाउँदै आउनुभएका अर्यालय यो व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij