• Tuesday 8th of September 2026

भाजपा अध्यक्षमा प्रकाश नाडा चयन


  • आशाका किरण
Indian Prime Minister Narendra Modi, left, watches as former Bharatiya Janata Party (BJP) president and Home Minister Amit Shah, right, presents a flower bouquet to J.P. Nadda on becoming party's president, in New Delhi, India, Monday, Jan. 20, 2020. Nadda was elected unopposed as the BJP national president on Monday after he emerged as the only leader in the fray following the nomination process in which his candidature was endorsed by top party leaders. (AP Photo/Manish Swarup)

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ । पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको नेताहरुले जानकारी दिएका छन् । उहाँ विगत छ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहनु भएको थियो । तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उहाँले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बन्नुभएको छ । उहाँ यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत हुनुभएको थियो । भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij