• Tuesday 8th of September 2026

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार


  • आशाका किरण

धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता शेयर रु आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २०० को बिन्दुमा झरेको छ । मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ । नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुग््यो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबर कारोवार भए । आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अङ्कले ओरालो लाग्यो । नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुग्यो ।

नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै रु दुई अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटियो । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो । बुधबार नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुग््यो । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग््यो । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अङ्कले घटेको थियो । नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झर्यो । एक हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै एक हजार २००को विन्दुमा झ¥यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर रु एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए । स्टकमा यस साता प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij