• Friday 24th of July 2026

यसो भनेर प्रम ओली,देउवा,भट्टराई र यादवले दिए नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना


  • आशाका किरण
k|wfgdGqL cf]nL sf7df8f}F, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6fnfO{ awfO{ tyf z'esfdgf JoQm ug'{ /f]i6dtkm{ hfg'x'Fb} . t:jL/ M /Tg >]i7÷/f;;

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिनुभएको हो । उहाँले संसदले पुरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गर्नुभयो । उहाँले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पुर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाउनुभयो ।सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उहाँले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो “जनताको सार्वभौम सत्तालाई संविधान कार्यान्वयन मार्फत व्यवहारिक रुपले बाटो तय गर्दे अघि बढ्ने काम भईसकेको छ । शुसासन र विकासका प्रश्नहरुमा आफ्ना सम्पुर्ण विचार र प्रयासलाई केन्द्रीत गरेर अगाडि बढ्न जरुरी छ । हामीले रोजेको प्रणाली हो बहुदलिय प्रणाली । हामीले रोजेको, छानेको, स्वीकारेको प्रणाली हो । यसमा स्वभाविक रुपमा केही मतभेद हुन सक्छ तर केही आधारभूत कुरामा स्वच्छ प्रतिष्पर्धाबाट अगाडि बढ्न सक्छौ । ”दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उहाँले एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह,पुर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गर्नुभयो । विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तिब्र गतिमा अगाडि बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उहाँले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गर्नुभयो । उहाँले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराउनुभयो ।उहाँले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताउनुभयो ।उहाँले भन्नुभयो “नया बर्ष २०२० लाई हामीले नेपाल भ्रमण बर्षको रुपमा अगाडि सारेका छौ । यसमा अलिकतिसुरु मै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक दृष्टिले देखा परेका छन् । जसलाई हामीले सावधानी पुर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा सरकार लागेको छ । ”

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको हो । विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।उहाँले भन्नुभयो “मलाई विश्वास छ । सभामुख भईसकेपछि तपाई कुनै पार्टीको सभामुख होइन नि । सम्पुर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलीका दिनमा तपाईको सफलताका लागि यिनी कुराहरुमा हाम्रो पार्टीले पुरा पुरा सहयोग गर्ने बचन दिन्छु ।”उहाँले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई पास सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।उहाँले भन्नुभयो “अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो । खुसी लाग्यो लोकतन्त्रका खिलापका विधेयकहरु हटाउनुपर्यो ।”उहाँले कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “कोरोना भाईरसका विरामीहरु नेपालमा छिरिसकेको भन्ने सुनेको छु । कारोना भाईरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्यो । चिन संगको सिधा उडानले झन जोखिम पुर्याएको छ । ”प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उहाँले प्रश्न गर्नुभयो । “प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ? कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भएको छ ? कसले धक्का दिनख सक्छ हामी पनि हेरुम । धक्का कसले दिदै छ प्रधानमन्त्री बोल्नुभएको छैन ।”उहाँले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अमेरिकाले भनिसक्यो । चिनले बोलिसक्यो हामीलाई आपत्ती छैन भनेर । कसले आपत्ती गरेको छ यहाँ ? ”

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सभामुखलाई सफल कार्यकालको शुभकामना दिदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले सरकारले आफुहरुसं गरेको सहमति कार्यान्वनय गर्न तयार भए समर्थन जनाउन सकिने बताउनुभएको हो । उहाँले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्धामा आफुहरु स्पष्ट भएको बताउनुभयो ।संविधान संशोधन, रेशम चौधरी लगायत थारुहट र मधेश आन्दोलनका सहभागिहरुमाथि लगाइएको झुठा मुद्धा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानका राम्रो पक्षलाई संस्थागत गर्न र पूर्णता दिनका लागि हामीले संशोधनको माग राखेका हौँ । सरकारले संविधान संशोधनको प्रकृया अगाडी बढाउनुप¥यो । राजापा मुद्दाको पार्टी हो । सरकारको पार्टी होइन् । सरकारले जति भन्छ त्यती दिनका लागि समर्थन दिन्छौँ । सरकारले हाम्रा मागहरु पुरा गरोस रेशम चौधरी लगायतलाई रिहाइ गरोस सरकारलाई समर्थन गर्न तयार छौँ ।’अहिलेकै अवस्थामा सरकारमा सहभागि हुने सम्भावना न्यून रहेको भएपनि संघीयता मजबुद पार्ने र गणतन्त्रलाई बलियो बनाउनका लागि सरकारले पार्टीले उठाएका मुद्दाहरु गम्भिर रुपमा लिए समर्थन गर्न सकिने उहाँले बताउनुभयो ।सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गर्नुभएको छ । आफ्नो पार्टीले सरकारसँग उपसभामुख नमागेको तर कहिले कांग्रेसलाई दिने त कहिले राजपालाई दिने भन्ने कुराहरु बाहिर आएको र यो विषयमा सरकार प्रष्ट हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारसँग हामीले उपसभामुख मागेका छैनौँ । उसले कसरी दिन्छ । राष्ट्रिय जनता पार्टीलाई दिने नदिने के हो सरकारले स्पष्ट पारोस’ ।सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडी नबढेको आरोप उहाँले लगाउनुभयो । उहाँले उखु किसानहरुको पैसा भुक्तानी गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराउनुभयो । सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उहाँले ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभयो ‘राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो । तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडी राख्यौँ’ ।नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन काुननको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका पमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमुल्यन गरिरहेका छौँ । यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस भन्ने आग्रह गर्दछु ।’सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा प्रयाप्त छलफल गराउने तर्फ पनि उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले द्वन्दकालिन मुद्धाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने माग समेत गनुभएको छ ।ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भिर विषयमा भएको बताउनुहुँदै उहाँले कुनै एक व्यक्तिको मुद्धालाई लिएर मात्रै कसैलाई फाइदा नहुने बताउनुभयो । टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर रेशम चौधरी लगायतका विषयमा सोच्न पनि उहाँले आग्रह गर्नुभएको छ ।त्यसैगरी स्वतन्त्र सांसद दुर्गा पौडेलले नवर्निवाचित सभामुखलाई सभामुखको तटस्थताको पदीय मर्यादा र गरिमा राख्दै अघि बढ्न शुभकामना दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता माथिको अंकुशलगाउने किसिमका विधेयक पास गर्नु नहुने र एमसीसीका सम्झौताका प्रावधानहरु बारे गहन छलफल गरिनुपर्ने धारणा राख्नुभयो ।त्यसैगरी सांसद प्रेम सुवालले सरकारलाई प्रतिनिधिसभा र प्रतिनिधिसभालाई जनताप्रति जवाफदेही बनाउन सभामुखबाट तटस्थ र निश्पक्ष भुमिका निर्वाह हुने विश्वास आफुले लिएको भन्दै संसदलाई ‘हुन्छ र हुन्न’को थलो नबनाई एक प्राज्ञिक थलो बनाउने सवालमा सभामुखलाई सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।सबैको शुभकामना मन्तव्यपछि सभामुख सापकोटाले सभालाई जीवन्त बनाईराख्न आफ्नो हरसंभव प्रयत्न हुने विश्वास दिलाउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते शुक्रबार बिहान ११ बजे का लागि बोलाईएको छ ।

हेर्नुस् पुरा भिडियो :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij