• Friday 24th of July 2026

मनाङको संकटामाथि ३—० को सहज जित(भिडियो)


  • आशाका किरण
an lgoGq0f ub}{ uf]n/Ifs sf7df8f}F !% df3M zxLb :df/s P l8lehg lnucGtu{t a'waf/ nlntk'/sf] ;ftbf]af6f]l:yt PGkmf sDKn]S;df dgfª d:of{ªbL Sna / ;+s6f SnaaLrsf] v]ndf annfO{ lgoGq0f ub}{ ;+s6f Snasf uf]n/Ifs . t:jL/ M /f]zg ;fksf]6f÷ /f;;

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबलाई ३—० ले हराएको छ । बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले संकटामाथि सहज जित निकाल्दै तीन अंक जोडेको छ । मनाङका लागि अन्जन विष्टले ४३ औं मिनेट र निशान लिम्बुले खेलको ७१ औं मिनेटमा गोल गरे । पहिलो गोल भने मनाङले उपहार पाएको थियो । ४२ औं मिनेटमा अमित तामाङको आत्मघाति गोलबाट मनाङले सुरुवाती अग्रता लिएको थियो । ९ औं चरणसम्म अपराजित रहेको मनाङले १९ अंक जोडेको छ । लिगमा अपराजित रहेको मनाङ लिग तालिकामा भने तेस्रो स्थानमा यथावत रहेको छ । मछिन्द्रसँग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा मनाङ तेस्रोमा कायम रहेको हो । शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २० अंक छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij