• Friday 24th of July 2026

मनोरञ्जन र पारिवारिक वातावरणका लागि फनपार्क


  • आशाका किरण
Siddhartha Gautam, 8, enjoys riding a ride called Ò3 in 1Ó at the Kathmandu Fun Park, an amusement park in Bhrikutimandap, Kathmandu. Siddhartha says he likes to ride the Ò3 in 1Ó at least two or three times every time he visits because it makes him feel like he is flying in an airplane. (Kalpana Khanal, GPJ Nepal)

भृकुटीमण्डपस्थित रहेको फनपार्कमा निकै चहलपहल देख्न सकिन्छ । प्रायः सबै उमेर समूहका मानिस भेट्टिने यो पार्कमा पारिवारिक र स्वस्थ वातावरण रहेको देखिन्छ । विसं २०६९ मा थप प्रवद्र्धन र व्यवस्थित गरी यो पार्कलाई फनपार्क भन्न थालिएको हो । पार्कका व्यवस्थापक बोधराज कट्टेल भन्नुहुन्छ, “पूर्णरूपमा व्यापार नभएर मुख्य उद्देश्य मनोरञ्जन सेवा प्रवाहित गर्ने, धूमपान तथा मद्यपान निषेध गरी स्वास्थ्यमा ध्यान दिने हाम्रो मुख्य लक्ष्य हो । पार्कले मनोरञ्जनका माध्यमबाट मानिसलाई खुशी र सन्तुष्ट राख्ने चेष्टा पनि गर्दछ ।” सुरक्षाको राम्रो प्रबन्ध रहेको पार्कमा मानिस हरियाली र शान्त वातावरण अवलोकन गर्दै अध्ययन गर्न पनि आउने गर्दछन् । असहाय र अपाङ्गलाई मनोरञ्जनको पहुँच सजिलै नहुने भएकाले उनीहरुलाई विशेष सुविधा रहेको छ भने पार्कको वातावरण अपाङ्गमैत्री पनि छ । पार्क खुला क्षेत्रमा भएको र स्थानका हिसाबले पनि राम्रो भएकाले प्रायः निकै व्यस्त देखिन्छ । यो पार्कले साथीभाइबीच राम्रो सम्बन्ध स्थापित गर्न, सामाजिक हुन र संस्कृति साटासाट गर्न धेरै हदसम्म सहयोग गरेको छ ।

पार्कमा वयष्कको प्रवेश शुल्क रु ६० रहेको छ । विद्यार्थी तथा बालबालिकाका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट रहेको छ तर विद्यार्थी सहुलियतका लागि विद्यार्थी परिचयपत्र अनिवार्य रहेको छ । सत्तरी वर्षमाथिका वृद्धा, तीन वर्षमुनिका बालक र अपाङ्गलाई प्रवेश छुट रहेको छ । यहाँ घरबाट ल्याएको खानेकुरा पनि खान सकिने तथा जति समय पनि पार्कमा व्यतित गर्न सकिने हुनाले अन्यत्र जाँदा हुने अनावश्यक खर्च कटौती हुने गर्दछ । शान्तिनगरबाट आउनुभएका ओसन खड्का भन्नुहुन्छ, “धेरैपछि साथीसँग एकछिन कुराकानी गरौँ र ‘मुड फ्रेस’ गरौँ भनेर आएको हो ।” उहाँ हाँस्दै भन्नुहुन्छ, “अन्य ठाउँमा भन्दा खर्च पनि कम लाग्ने रहेछ र विद्यार्थीलाई विशेष छुट रहेछ ।” पार्कमै आफ्नै नातिनातिनीसँग रमाउँदै बस्नुभएकी हजुरआमाले आफू घरका सदस्यसँग समय बिताउन आउनुभएको बताउनुभयो । निःशुल्क प्रवेशका कारण उहाँ निकै खुशी हुनुहुन्थ्यो । मानिस आफ्नो स्वविवेक र अनुकूल समयमा आउने हुनाले के, कति व्यक्ति कुन प्रयोजनका लागि आउँछन् भन्नेबारे ठ्याक्कै भन्न नमिल्ने व्यवस्थापक कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार आगामी दिनमा प्राकृतिक प्रकोप तथा मानवीय कारण (कोरोना भाइरसको असर हुनसक्ने) ले प्रत्यक्ष असर पर्ने हुँदा चापमा कमी हुनसक्छ । खुला ठाउँमा हावापानी र घामले प्रभाव पार्ने हुँदा पनि मानिस नआउने सम्भावना देखिन्छ । आगामी दिनमा निरन्तररूपमा सरसफाइ, सबैखाले खेल र बालबालिकालाई विशेष ध्यान दिने रणनीति रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij