• Saturday 25th of July 2026

धितोपत्र बजार : ३० अङ्कको वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५० अङ्कले वृद्धि भई ३००.४४ मा पुगेको छ । नेप्से उच्च अङ्कले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ मध्ये दुई उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ । व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ ले घट्दा बैंकिङ ७.९, होटल ४९.२७, विकास बैंक १०.०४, जलविद्युत् १३.९२, वित्त ६.४२, निर्जीवन बीमा ३७४.०१, उत्पादन ९७.२६, अन्य ९.०३, लघुवित्त १५९.३२ र जीवन बीमा ३८५.३९ अङ्कले वृद्धि भएको छ । नेप्सेका अनुसार कारोवारका आधारमा आज शिवम् समेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ ।

सो कम्पनीको रु १७ करोड दुई लाख १३ हजार ९५ मा कारोवार भयो । त्यस्तै हिमालयन डिस्ट्रिलरीको रु १२ करोड २२ लाख ६७ हजार ८६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु १२ करोड १५ लाख एक हजार ७९८, गरिमा विकास लघुवित्तको रु ११ करोड एक लाख २६ हजार ५२४, शिखर इन्स्योरेन्सको रु १० करोड ६३ लाख ९१ हजार ७५२ र नेको इस्योरेन्स कम्पनीको रु आठ करोड ३० लाख पाँच हजार ९८५ को कारोवार भयो । नेप्सेका अनुसार बोटलर्स नेपाल तराई ९.९९, फस्ट माइक्रोफाइनान्स ९.९८, एनएमबी माइक्रोफाइनान्स ९.९८, कालिका माइक्रोक्रेडिट ९.९५, मेरो माइक्रोफाइनान्स ९.९४, स्वाभिमान लघुवित्त ९.९३ र आरएसडिसी लघुवित्तका शेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै राधी विद्युत् कम्पनी ४.३९, समृद्धि फाइनान्स ३.७०, नबिल इक्विटी फण्ड २.८१, सपोर्ट माइक्रोफाइनान्स २.६७, साल्टट्रेडिङ कर्पोरेशन १.८९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १.८८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij