• Tuesday 8th of September 2026

टुसाल युवा क्लबलाई बौद्धनाथ क्षेत्र विकास समिति,तामाङ कल्याण गुठी र जेभियर इन्टरनेशनल स्कुलको प्रायोजन


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । टुसाल युवा क्लबलाई बौद्धनाथ क्षेत्र विकास समिती,तामाङ कल्याण गुठी र जेभियर इन्टरनेशनल स्कुलले प्रायोजन गर्ने भएको छ । शहिद स्मारक बि डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने टुसालको मुख्य प्रायोजक बौद्धनाथ क्षेत्र विकास समिति र तामाङ कल्याण गुठी साथै जेभियर स्कुलले सह प्रायोजन गरेको हो । आज जर्सी सार्वजनिकि कार्यक्रममा एन्फा अनुशासन कमिटिका सचिव अनमोल श्रेष्ठ,टुसाल क्लबका पुर्व अध्यक्ष कुमार लामा,जेभिएर स्कुलकि निर्देशक गिता सिवाकोटी ,तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा र बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले क्लबलाई मन्तब्य मार्फत ए डिभिजनमा उक्लनकोलागी शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रमको अवसर पारेर क्याप्टेनमा प्रकाश भुजेललाई नियुक्त गरिएको थियो । खेल खेल्दा अनुशासनमा बसेर क्लबको प्रतिष्ठा माथी उठाउनेगेरी खेल्नकोलागी बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले शुभकामना ब्यक्त गर्दै ए डिभिजन लिगमा पुगे सहयोग बढाउने प्रतिवद्धता समेत ब्यक्त गरे ।

हेर्नुस भिडियो :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij