• Saturday 25th of July 2026

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक(भिडियो)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार ।प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नुभएको हो । आफ्नो ६९ औं जन्मदिनको अवशर पारेर प्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । विमोचन कार्यक्रममा ओलीका बुवा पनि उपस्थित हुनुहुन्थ्यो । पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गर्नुभएका सम्बोधनहरु समावेश रहेका छन् । २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij