• Tuesday 8th of September 2026

सुनको मूल्यमा वृद्धि


  • आशाका किरण
Staff of jwellery shop managed Gold in newroad on Monday.As per the association,Gold was traded at Rs 67800 per tola in the local market on Monday.PHOTO:KIRAN PANDAY

पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आज प्रतितोला रु ७८ हजार ८०० मूल्यमा खरिद बिक्री भए । यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७७ हजार ८०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु ९१५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij