• Friday 24th of July 2026

नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच प्रायोजन सम्झौता


  • आशाका किरण

नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच प्रायोजन सम्झौता भएको छ । नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शो नेपाल स्टार वाईवाईबीच आइतबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिभिजनका लागी कि इडभरटिजमेन्ट र वाईवाईका तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा रहनेछन् । अर्का निर्णायक आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सातवटै प्रदेश र काठमाडौंमा गरी ८ स्थानबाट लिइएको पहिलो चरणको अडिसन सकिएको समेत जानकारी दिनुभयो । अर्को अडिसन राउण्डमा जाँदा धेरै चुनौतीहरु रहेको उहाँले बताउनुभयो । नेपाली संगितमा टेवा पु¥याउने खालको कलाकार खोज्ने आशा आफुहरुले गरेको उहाँको भनाई छ ।निर्णायक रामकृष्ण ढकालले आफुले करियर सुरु गर्दा नेपालमा यस्ता रियालिटी शोहरु नहुँदा धेरै संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो । आफैले संघर्ष गरेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिलेको पिँढीलाई प्रविधि र बजारले केही सहज बनाएको बताउनुभयो । नेपाल स्टार नेपाली प्रतिभाहरुका लागि बनाइएको कार्यक्रम भएको उल्लेख गर्दै उहाँले हिजो एक्लै हिँड्दा वर्षौ वर्ष संघर्ष गर्नुपरेको तर अहिले एक वर्षमा प्रतिभावान कलाकारलाई स्टार बनाउने दावी गर्नुभयो ।अर्का निर्णायक अन्जु पन्तले आफुहरु राम्रो प्रतिभाको खोजीमा रहेको बताउनुभयो । नेपालमा राम्रो आवाज भएका प्रतिभाहरु रहेकोले रियालिटी शो नेपाल स्टार उनीहरुको आशलाग्दो प्लेटफर्म रहेको उहाँको भनाई छ ।रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको छ । उत्कृष्ठ ४ मा परेका सबैर्लाइ पुरस्कार प्रदान गरिने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताउनुभयो । उत्कृष्ठ चार जनाले नै जनही ५ लाख र टाइटल विजेताले थप ३० लाख पुरस्कार पाउने उहाँले बतानउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij