• Tuesday 8th of September 2026

तथ्याङ्क सङ्कलनमा छुटेका हलियाका लागि कार्यक्रम अघि बढाइने


  • आशाका किरण

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तथ्याङ्क सङ्कलन गर्न छुट भएका मुक्तहलियाका लागि प्रदेश सरकारले कार्यक्रम अघि बढाउने बताउनु भएको छ । धनगढीमा आज आयोजित राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको दशौँ नियमित वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतमा सरकारले हलियाको तथ्याङ्क सङ्कलन गर्दा धेरै छुटेको गुनासो आएकाले अब लगत सङ्कलन गर्दा कुनै पनि आग्रह पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले गरिने बताउनुभयो । प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकीकृत बस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ, अध्ययनमा जग्गाको अवस्था, हलिया बस्तीको पहिचानलगायत रहनेछन् ।” उहाँले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij