• Tuesday 8th of September 2026

ज्ञानमा नभई पुस्तकको व्यापारमा कर : अर्थमन्त्री डा खतिवडा


  • आशाका किरण
sf7df8f}F, !% kmfu'g M ;~rf/ tyf ;"rgfk|ljlw dGqfnodf cfof]lht lgoldt kqsf/ e]6df dlGqkl/ifbsf] lg0f{o hfgsf/L u/fpg'x'Fb} dGqL 8f o'j/fh vltj8f . t:jL/ M k|lbk/fh jGt, /f;;

सरकारले ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको स्पष्ट पारेको छ । पछिल्ला दिनमा पुस्तकमा कर लगाइएको भन्दै सरकारको आलोचना गर्दै विभिन्न खालका प्रदर्शन भइरहेको सन्दर्भमा सरकारले ज्ञानमा नभई व्यापारमा कानूनअनुसार कर लगाइएको बताएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा युवराज खतिवडाले भन्नुभयो, “पुस्तकको व्यापार पनि व्यापार हो, ज्ञान व्यापार होइन, पुस्तक बेचेर कमाएको नाफामा कर लाग्छ, यसमा दिग्भ्रमित नहुनुहोस्” । उहाँले ठूलो लगानीमा देशभित्र छापाखाना स्थापना भएको, कागजमा उनीहरुले कर तिरेको, सामान आयात गर्दा कर लागेको प्रसङ्ग जोड्दै स्वदेशी उद्योगको संरक्षण गर्ने लक्ष्यका साथ सरकार लागीपरेको बताउनुभयो । उहाँले पुस्तकको बिक्रीमा धेरै मुलुकले कर लगाएको प्रसङ्ग जोड्दै भन्नुभयो, “कतिपय मुलुकले १८ प्रतिशतसम्म कर लगाएका छन् । धेरै मुलुकले त पाँचदेखि १० प्रतिशतसम्म कर लगाएका छन् । हाम्रो ध्येय स्वदेशी उद्योगको संरक्षण गर्नेतर्फ नै छ ।”

देशभित्रै अर्बौँलगानीमा प्रेस स्थापना भएको र उनीहरुले बैंकबाट ऋण लिएको तथ्य पेश गर्दै मन्त्री डा खतिवडाले स्वदेशी उद्योगको संरक्षण गर्नु सरकारको दायित्वसमेत भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कनै छापाखानाले छापेर बिक्री गर्ने पुस्तकमा कर तिर्नुपर्छ, कागज आयात गर्दा १५ प्रतिशत कर तिर्नुपर्छ । ती छापाखाना कर नै नतिरी ल्याउने पुस्तकसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् र टिक्न सक्छन् ?” तयारी पुस्तक ल्याउँदा आयातकर्ताले के कति परिमाणमा आयात गरे भन्ने बारेमा समेत स्पष्ट तथ्याङ्क नरहेको पाइएको उहाँको भनाइ छ । राजश्व लाग्ने विषय होइन भनेर ‘अन्डरमाइन’ गरिएको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । एउटा पुस्तकबाट ३० देखि ४० प्रतिशत कमिसन लिन मिल्ने तर १० प्रतिशत कर तिर्दा किन समस्या भन्दै मन्त्री खतिवडाले प्रश्न गर्नुभयो । पुस्तकको करको विषयमा आफू खुल्ला बहस गर्न तयार रहेको भन्दै मन्त्री खतिवडाले सङ्घीय संसद्मा समेत आफूले सो बारेमा प्रस्ट पारेको र अझै प्रस्ट पार्ने बताउनुभयो । कर नतिरी आयात भएका पुस्तक पक्राउ गर्दा ज्ञान पक्राउ गरियो भन्न नमिल्ने उल्लेख गर्दै उहाँले चोरी गरिएको सामान पक्राउ गरिने उल्लेख गर्नुभयो । उहाँले पुस्तकमा कर किन लगाइएको भन्नेबारेमा आफू सबैपक्षसँग छलफल गर्न तयार रहेको समेत जनाऊ दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij