• Saturday 25th of July 2026

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री


  • आशाका किरण
cy{dGqL 8f o'j/fh vltj8f a'waf/ cfj @)&^÷)&& sf] nflu ;+3Lo ;+;bsf] b'j} ;bg k|ltlglw ;ef / /fli6«o ;efsf] ;+o'Qm a}7sdf ljlgof]lht /sd k|:t't ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;; .

अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताउनुभयो । वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उहाँले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री डा खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राख्नुभयो । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताउनुभयो ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिनुभयो । उहाँले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij