• Tuesday 8th of September 2026

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


  • आशाका किरण

सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर एक हजार ५१३.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.३५ विन्दुले बढेर ३२४.७८ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोवार रकम पनि बढेको छ । आज कूल १८० कम्पनीको ७२ लाख दुई हजार २३६ कित्ता शेयर रु तीन अर्ब ४० करोड ४७ लाख ८४ हजार ९९९ बराबरको कारोवार भयो । नेप्सेका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ । व्यापार १०.२८ र लघुवित्त १०४.४ विन्दुले घटेको छ । यस्तै बैंकिङ २४.४, होटल १३.८७, विकास बैंक २२.२१, जलविद्युत् ४.६५, वित्त ७.६९, निर्जीवन बीमा १९६.५१, उत्पादन ५०.८२, अन्य ६.२९, जीवन बीमा २२६.५३ र सामूहिक लगानी कोष ०.३ विन्दुले बढेको छ । कारोवारका आज नेपाल लाइफ इन्सुरेन्स शीर्षस्थानमा रहेको छ ।

सो कम्पनीको रु ३६ करोड ४४ लाख ३९ हजार २९२ बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु २३ करोड २२ लाख ३० हजार १४३, एनआइसी एसिया बैंक रु १६ करोड ८१ लाख १८ हजार ४३६, हिमालयन डिस्टिलरी रु १३ करोड पाँच लाख ५१ हजार ३६९, नबिल बैंक रु ११ करोड पाँच लाख सात हजार ८४७, एभरेष्ट बैंक रु नौ करोड ५८ लाख दुई हजार ८६८ र ग्लोबल आइएमई बैंकको रु आठ करोड ७१ लाख ९३ हजार ७२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स ९.९२, एभरेष्ट इन्सुरेन्स ८.८५, युनाइटेड इन्सुरेन्स ७.६७, रिडी हाइड्रोपावर ६.९०, सगरमाथा इन्सुरेन्स ६.८५ नेको इन्सुरेन्सका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै, स्वदेशी लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स ९.९९, स्पर्श लघुवित्त ९.२९, स्वावलम्बन लघुवित्त ८.०८, ग्लोबल आइएमई लघुवित्त ७.७९, जनउत्थान लघुवित्त ७.५५, साना किसान विकास बैंक ६.६९ र सबैको लघुवित्तका शेयरधनीले ६.५५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij