• Tuesday 8th of September 2026

विकृतिका कारण सहकारी बद्नाम


  • आशाका किरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आज धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ भन्ने नारासहित प्रादेशिक गोष्ठीमा उहाँले सहकारीले वर्षैपिच्छे अनुदान मात्र लिने परिणाम दिन नसक्दा विपन्न वर्गको आर्थिकस्तरमा सुधार आउन नसकेको बताउनुभयो । उहाँले सहकारीले जनताको जीविकोपार्जनमा टेवा पु¥याउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो पटक सहकारी दर्ता गर्नेक्रम बढेको बताउँदै एउटै प्रकृतिका सहकारी मर्जर गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीले देशको आर्थिक विकासका लागि महत्वयूर्ण योगदान दिँदै आएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij