• Saturday 25th of July 2026

नेपाल छपाई व्यवसायी संघको अध्यक्षमा सुजन मोक्तान


  • आशाका किरण

आशाका किरण समाचार ,काठमाडौं । काठमाडौंमा विभिन्न भेगमा रहेर छपाई सम्बन्धि व्यवसाय संचालन गर्ने व्यवसायीहरुको एक भेलाले आज नेपाल छपाई व्यवसायी संघ गठन गर्ने निर्णय गरेको छ । जोरपाटीमा रहेको अंकल किचेनमा भएको बृहत् भेलाले सुजन मोक्तानको अध्यक्षतमा ९ सदस्यीय समिती समेत चयन गरेको छ । भेलाले सर्वसम्मत रुपमा अध्यक्षमा सुजन मोक्तान,उपाध्यक्षमा सुदर्शन बजगाई,सचिवमा दिपक पौडेल कोषाध्यक्षमा कुमार खड्का सह-सचिवमा लासाङ शेर्पा र सदश्यहरुमा जिया श्रेष्ठ,रोजिना तामाङ , पुर्ण धिमाल र विजयराज भण्डारीलाई चयन गरेको हो । छपाई र मुद्रण पेसालाई मर्यादित बनाउन,चर्को बजार मूल्य नियन्त्रण  गर्न र ब्यवसायीको आर्थिक सामाजिक स्तरमा सुधार ल्याउन संगठनको आवस्यकता औल्याउँदै संगठन खडा गरेको अध्यक्ष सुजन मोक्तानले बताए । मूल्य एकरुप्ता र उपभोक्तलाई छिटो छरितो एवं गुणस्तरीय सेवा प्रदान गर्न संगठन  कृयाशिल हुने मोक्तानको दाबी छ । सांगठनलाई देशभर कृयाशिल बनाउने योजना रहेको सचिव दिपक पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij