• Saturday 25th of July 2026

लघुकथा: पण्डित बाजेको निष्ठा


  • आशाका किरण
वेदराज काठमाडौं उपत्यकामा नाम चलेका पण्डित हुन्। सम्पन्न कुलघरानामा जन्मिएका वेदराज लाई नपुग्दो केही थिएन । सरकारी सेवामा उपसचिव पदमा नियुक्त उनको आम्दानी राम्रो थियो। बाबु को एउटै छोरा भएको ले पैत्रिक सम्पत्तिको हिसाबले उनी गाउँ कै एक नम्बरमा पर्दथे । छोराहरू पनि कोही डाक्टर, कोही इन्जिनियर कोही नामुद जोतिष भएको ले सबै को कमाइ राम्रै थियो । काठमाडौं को ठाउँमा २०/२५रोपनी जग्गा,४/५ वटा घर त्यसको भाडा ले उनलाई जति खर्च गरे पनि नपुग्ने केही थिएन। पूजा पाठ, धर्म कर्ममा बढी नै दिलचस्पी भएको ले गाउँ का सबै छर्छिमेकिहरु उनलाई खुबै आदर सत्कार गर्थे । त्यसैले उनलाई सबैले आदरपूर्वक पण्डित बाजे भनेर चिन्दथे । उनको गहिरी खेत बाटोमा धेरै मोहडा भएको ले सबै व्यवसायीहरु भाडामा लिएर व्यवसाय चलाउन लालायित थिए।
उनको एक इन्च जमिन पनि भाडामा नगएको बेलामा बिराटनगरका एक जना ब्यापारीले त्यतिबेला को चलनचल्तीमा भएको भाडा दर भन्दा महङ्गो भाडा तिरेर ब्लक उद्योग सञ्चालन गरेका थिए ।त्यस उद्योग ले गाउँ का धेरै गरिबगुरुवाहरुलाई रोजगारी पनि दिएको थियो। यसपाली दशैं देखि त्यस उद्योग सङ्ग गरिएको भाडा सम्झौता को म्याद सकिएको थियो । उद्योगले सम्झौता अनुसार नियमित भाडा तिरेर आफ्नो अनुशासन पालना गरिरहेको थियो। आज सम्म उसले सम्झौता को एउटा बुँदा पनि उलंघन गरेको थिएन ।
पण्डित बाजे दिन दिनै सनातनी धर्म ,संस्कृति, रीतिरिवाज को सम्रक्षणको बिषयमा घण्टौ बहस गर्नुहुन्थ्यो । मठमन्दिर मा यिनै विषयमा प्रवचनमा सहभागिता जनाउने गर्नु हुन्थ्यो । आफैं प्रमुख वक्ताका रुपमा पनि धेरै ठाउँमा भाग लिनुभएको थियो । उहाँ जस्तो पण्डित बाजेबाट सनातनी धर्म संस्कृति रीतिरिवाज को खिलापमा त्यस्तो अवस्थामा केही होला भन्ने कसैले सपनामा पनि सोचेका थिएनन् ।तर पण्डित बाजे ले गहिरी खेतको भाडा सम्झौता ब्लक उद्योग संग सकिएको थियो । उद्योग पति भाडा सम्झौता नविकरण गर्न चाहन्थे ‌।तर पण्डित बाजे उसलाई हटाएर नयाँ भाडा वालासंग बढी भाडा लिने सुरसारमा थिए । उनले गहिरी खेतको भाडा बढाबढको अनौपचारीक सुचना जारी गरे । उद्योग ले तिरेको भाडाभन्दा अरु को भाडा दर बढिनै थियो । चर्चको भाडा दर त डबल नै थियो। उनलाई बडो धर्म संकट परेको थियो । कसलाई भाडामा दिने ?
घर परिवार का अरु सदस्यहरु उहि पहिले बसेको ब्लक उद्योग लाई नै निरन्तरता दिन सल्लाह दिन्थे ।अरु जोसुकैलाई दिए पनि चर्चलाई चाहिँ कुनै हालतमा पनि नदिइयोस् भन्ने गाउँले , इष्टमित्र,घर परिवार, साथी सङ्गाति र छर्छिमेकिहरु को अनुरोध थियो ।तर पण्डित बाजे ले सबै को सल्लाह सुझाव लाई लत्याएर गहिरी खेतको भाडा सम्झौता चर्चका पास्टर संग गर्ने निधो गरे । किनकी अरु सबै को भन्दा चर्चको भाडा आकर्षक थियो।
लेखक गोपाल बराल नेकपाका नेता एवम्  सहित्यकार हुन्

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij