• Friday 24th of July 2026

कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा रु दुई अर्ब जम्मा


  • आशाका किरण

सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म रु एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ कोषमा जम्मा भएको छ । उहाँका अनुसार मङ्गलबार मात्र रु एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा जम्मा भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले रु एक करोड, लाइफ इन्स्योरेन्सले रु ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले रु ६ लाख ३५ हजार ४४०, बुडिनन्द नगरपालिकाले रु दुई लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले रु दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले रु दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट रु एक लाख ४६ हजार ३१६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट रु एक लाख १९ हजार ४९८ सहयोग प्राप्त भएको छ ।

यसैगरी कोषमा नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट रु ११ लाख ६९ हजार ५७५ सङ्कलन भएको छ । कोषमा गत सोमबारसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० सङ्कलन भएको थियो । सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij