• Tuesday 8th of September 2026

कृषक समूहलाई यान्त्रिक औजार हस्तान्तरण


  • आशाका किरण

बर्दियाको गेरुवा गाउँपालिकामा कृषकका लागि आधुनिक कृषि औजार प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ सेन्टरका लागि यान्त्रिक औजार हस्तान्तरण गरेको हो । गाउँपालिका, प्रधानमन्त्री परियोजना र सीता कृषक समूह बेलभरिया ६ को त्रिपक्षीय सम्झौतानुसार रु ३० लाख २८ हजार पाँच सय बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । परियोजनाबाट अनुदानप्राप्त रु. १५ लाख र समूहको रु १५ लाख २८ हजार पाँच सयको लगानीबाट ट्रयाक्टर, धान रोप्ने यन्त्र, सिटड्रिल, बिडर, पावर स्प्रेसर, सिम्पल लेवलर, लेजर ल्यान्ड, लेवलर, रोटा बेटर, कल्टिवेटर, हाइरो, बन्ड मेकर, बीउमल छर्ने झोला यन्त्र, ड्रम सिडर र थ्रेसर पालिकाका अध्यक्ष जमानसिंह केसीले हस्तान्तरण गर्नुभयो ।

राजापुर क्षेत्र देशकै अन्न भण्डार रहेकाले खेती गर्ने कृषकलाई केन्द्रित गरी चैतेधानको खेती विस्तार गर्ने उद्देश्यका साथ समूहको मागअनुसार व्यावसायिक कृषि समूहलाई औजार प्रदान गरिएको सुपरजोनका कार्यालय प्रमुख कृषि अधिकृत डा तपेन्द्र शाहले बताउनुभयो । यस क्षेत्रमा चैतेधानको उत्पादन राम्रो हुने भएकाले सबै कृषकलाई दुई बाली धान लगाउन आग्रह गर्दै अध्यक्ष केसीले कृषि क्षेत्रमा पालिकाले लगानी गरिरहेको र अझै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij