• Saturday 25th of July 2026

अवैध ३८ बोरा युरिया मल बरामद


  • आशाका किरण

सिरहामा रसायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाई–छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर विक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान सो परिमाणको मल बरामद गरेको हो । बरियारपट्टी बजारस्थित साहको गोदामबाट मल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

मल बरियारपट्टी भन्सार कार्यालयलाई बुझाइएको र गोदाम सञ्चालकमाथि राजश्व छली तथा कलाबजारी ऐनअनुसार करवाही गरिने उहाँले जानकारी दिनुभयो ।यस्तै प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १५३ पोका गुट्खा सहित सिरहा नगरपालिका–२० निवासी २० वर्षीय शिवकुमार यादवलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij