• Tuesday 8th of September 2026

सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोवार शून्य भयो


  • आशाका किरण

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताउनुभयो । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।”

कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उहाँले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताउनुभयो । “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो ।” उहाँले भन्नुभयो, “काठमाडौँभन्दा यहाँ सुनको मूल्य रु एक हजार २०० ले बढी हुन्छ ।” यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij