• Tuesday 8th of September 2026

पशुचौपायामा अज्ञात रोग


  • आशाका किरण
kz'kfng jfl0fHozf:qdf :gftsf]Q/ lj/f6gu/ !*, ht'jfsf @* jifL{o l;s]Gb|l;+x ofbj o'jf :j/f]huf/ sfo{qmdaf6 lnPsf] k};fn] kz'kfng ub{} . tl:a/ M uf]kfnk|;fb kf]v/]n, ky/L-df]/ª_, /f;;

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् । पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो वडामा करीब ४५÷५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको छ । अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न सकेका छैनन् । पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताउनुभयो । उक्त रोगको लक्षण देखापरेका पशुचौपायामा छालामा डाबर देखिने, ¥याल बगाउने र उच्च ज्वरो आउने गरेको पनि पाइएको पशु चिकित्सक विपीनजङ्ग राईले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij