• Wednesday 28th of October 2026
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • शैक्षिक खबर
  • अन्तर्वार्ता
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • रोचक
  • आशाका किरण टिभी
  • English

अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने


  • आशाका किरण
३० साउन (रासस÷एएनआई) : अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । यसअघि पनि उहाँले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिनु भएको थियो । अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने छ । यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताउनुभएको थियो । तर पनि उहाँले पछिल्लो समयमा भने उनीहरुको पनि रिहाइको लागि निर्देशन दिनुभएको बुझिएको छ । अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आउनुभएको थियो । गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो । त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नागरिक जीवितै हुन सक्छन्, अन्तर्राष्ट्रिय विशेषज्ञ बोलाऊ”– भीष्मराज आङ्देम्बे

नागरिक जीवितै हुन सक्छन्, अन्तर्राष्ट्रिय विशेषज्ञ बोलाऊ”– भीष्मराज आङ्देम्बे

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ– उपराष्ट्रपति

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ– उपराष्ट्रपति

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

ताजा अपडेट
  • बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

    बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

  • बुढानिलकण्ठबाट पौने २२ किलो सुनसहित तीन चिनियाँ नागरिक सार्वजनिक

    बुढानिलकण्ठबाट पौने २२ किलो सुनसहित तीन चिनियाँ नागरिक सार्वजनिक

  • होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिता शनिबार हुने

    होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिता शनिबार हुने

  • पार्टीलाई बलियो र एकढिक्का बनाउन भूमिका निर्वाह गर्छौँ: कांग्रेस उम्मेदवारहरू

    पार्टीलाई बलियो र एकढिक्का बनाउन भूमिका निर्वाह गर्छौँ: कांग्रेस उम्मेदवारहरू

  • उपत्यकामा सिलसिलाबद्ध चोरी र लुटपाटमा संलग्न अयन माझी समूह पक्राउ, १ जनालाई गोली हानेर नियन्त्रणमा

    उपत्यकामा सिलसिलाबद्ध चोरी र लुटपाटमा संलग्न अयन माझी समूह पक्राउ, १ जनालाई गोली हानेर नियन्त्रणमा

  • ‘एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ’ : प्रचण्ड

    ‘एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ’ : प्रचण्ड

  • सानातिना कुरामा नअल्झी अगाडि बढे एमाले लडेकै ठाउँबाट उठ्छ: केपी ओली

    सानातिना कुरामा नअल्झी अगाडि बढे एमाले लडेकै ठाउँबाट उठ्छ: केपी ओली

  • हानि-नोक्सानी कोष प्रशासनिक झन्झटमा अल्झिनु हुँदैन: परराष्ट्रमन्त्री खनाल

    हानि-नोक्सानी कोष प्रशासनिक झन्झटमा अल्झिनु हुँदैन: परराष्ट्रमन्त्री खनाल

  • रास्वपाभित्र कुनै अन्तरविरोध छैन, सबै नेता-कार्यकर्ता एकबद्ध छौँ: अमरेश कुमार सिंह

    रास्वपाभित्र कुनै अन्तरविरोध छैन, सबै नेता-कार्यकर्ता एकबद्ध छौँ: अमरेश कुमार सिंह

  • सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको छ: गणेश पराजुली

    सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको छ: गणेश पराजुली

Ashakakiran

Gokarneshwor -6,Kathmandu.
Email:articlesforasha@gmail.com
Phone: 4915770/9851129938
Business Inquiry:
ashakakirannews@gmail.com
DOI Regd No : 190/073/74

सोसल मिडिया

  • Like Us On Facebook
  • Like Us On X
  • Subscribe Us On Youtube
  • Follow Us On Tiktok
  • Follow Us On Instagram

न्याभिगेसन

  • समाचार
  • राजनीति
  • शैक्षिक खबर
  • अर्थतन्त्र
  • मनोरंजन
  • विचार
  • रोचक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • आशाका किरण टिभी
  • अन्तर्वार्ता
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij
  • हाम्रो बारेमा
  • हाम्रो टिम