• Wednesday 9th of September 2026
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • शैक्षिक खबर
  • अन्तर्वार्ता
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • रोचक
  • आशाका किरण टिभी
  • English

अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने


  • आशाका किरण
३० साउन (रासस÷एएनआई) : अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । यसअघि पनि उहाँले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिनु भएको थियो । अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने छ । यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताउनुभएको थियो । तर पनि उहाँले पछिल्लो समयमा भने उनीहरुको पनि रिहाइको लागि निर्देशन दिनुभएको बुझिएको छ । अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आउनुभएको थियो । गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो । त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नागरिक जीवितै हुन सक्छन्, अन्तर्राष्ट्रिय विशेषज्ञ बोलाऊ”– भीष्मराज आङ्देम्बे

नागरिक जीवितै हुन सक्छन्, अन्तर्राष्ट्रिय विशेषज्ञ बोलाऊ”– भीष्मराज आङ्देम्बे

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ– उपराष्ट्रपति

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ– उपराष्ट्रपति

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

ताजा अपडेट
  • दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोट्र्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डिएभी ब्लुलाई

    दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोट्र्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डिएभी ब्लुलाई

  • आगजनी भएको बालकोटस्थित घरको अवलोकनमा अध्यक्ष ओली र राधिका शाक्य

    आगजनी भएको बालकोटस्थित घरको अवलोकनमा अध्यक्ष ओली र राधिका शाक्य

  • मुलुक विपत्तिमा परेका बेला राष्ट्रिय एकताको खाँचो छ: रवि लामिछाने

    मुलुक विपत्तिमा परेका बेला राष्ट्रिय एकताको खाँचो छ: रवि लामिछाने

  • प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी: ‘राष्ट्रसङ्घको कार्यक्रमबाट फर्केलगत्तै राजीनामा दिनू’

    प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी: ‘राष्ट्रसङ्घको कार्यक्रमबाट फर्केलगत्तै राजीनामा दिनू’

  • सहिदले देखेको सपना पुरा गर्न निरन्तर लागिपरेका छौँ: गृहमन्त्री सुधन गुरुङ

    सहिदले देखेको सपना पुरा गर्न निरन्तर लागिपरेका छौँ: गृहमन्त्री सुधन गुरुङ

  • विभिन्न कार्यक्रम गरी देशभर मनाइयो जेनजी सहिद दिवस

    विभिन्न कार्यक्रम गरी देशभर मनाइयो जेनजी सहिद दिवस

  • प्राकृतिक विपत्तिमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान

    प्राकृतिक विपत्तिमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान

  • ब्रेक थ्रु’ नभएसम्म जलविद्युत् आयोजनाको टनेलमा उद्धार कार्य रोकिँदैन: नेपाली सेना

    ब्रेक थ्रु’ नभएसम्म जलविद्युत् आयोजनाको टनेलमा उद्धार कार्य रोकिँदैन: नेपाली सेना

  • त्रिशूली–३ ‘बी’ आयोजना स्थलमा उद्धार तीव्र पार्न माग गर्दै माइतीघरमा प्रदर्शन

    त्रिशूली–३ ‘बी’ आयोजना स्थलमा उद्धार तीव्र पार्न माग गर्दै माइतीघरमा प्रदर्शन

  • भोटेकोशी बाढीका मृतकको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

    भोटेकोशी बाढीका मृतकको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

Ashakakiran

Gokarneshwor -6,Kathmandu.
Email:[email protected]
Phone: 4915770/9851129938
Business Inquiry:
[email protected]
DOI Regd No : 190/073/74

सोसल मिडिया

  • Like Us On Facebook
  • Like Us On X
  • Subscribe Us On Youtube
  • Follow Us On Tiktok
  • Follow Us On Instagram

न्याभिगेसन

  • समाचार
  • राजनीति
  • शैक्षिक खबर
  • अर्थतन्त्र
  • मनोरंजन
  • विचार
  • रोचक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • आशाका किरण टिभी
  • अन्तर्वार्ता
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij
  • हाम्रो बारेमा
  • हाम्रो टिम