• Friday 24th of July 2026

ट्रम्पका भाइको निधन


  • आशाका किरण
NEW YORK, NY - NOVEMBER 9: President-elect Donald Trump hugs his brother Robert Trump in the crowd after speaking during an election rally in midtown in New York, NY on Wednesday November 09, 2016. (Photo by Jabin Botsford/The Washington Post via Getty Images)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् । आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उहाँले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गर्नुभएको छ । उहाँले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गर्नुभएको छ । उहाँले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उहाँले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गर्नुभएको छ । पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहनुभएका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको हुनुहुन्थ्यो । उहाँको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन । उहाँ ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय हुनुहुन्थ्यो भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij