• Saturday 25th of July 2026

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै निधन


  • आशाका किरण
FILE - In this Sunday, Nov. 24, 2019 file photo, Chadwick Boseman poses in the press room at the American Music Awards at the Microsoft Theater in Los Angeles. Actor Chadwick Boseman, who played Black icons Jackie Robinson and James Brown before finding fame as the regal Black Panther in the Marvel cinematic universe, has died of cancer. His representative says Boseman died Friday, Aug. 28, 2020 in Los Angeles after a four-year battle with colon cancer. He was 43. (Photo by Jordan Strauss/Invision/AP, File)

१३ भदौ (रासस÷एपी) : अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो । ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो । दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उहाँका समर्थकहरुले विश्वभरीबाट उहाँप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij