• Friday 24th of July 2026

कल्याण अधिकारीको निर्देशनमा चलचित्र “गोबर गणेश” बन्दै


  • आशाका किरण

१५ भदौ, काठमाडौं । कल्याण अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र “गोबर गणेश” को भाद्र १४ गते आइतबार गते काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ।

बिलभ्ड इन्टरटेनमेन्ट मार्फत निर्माण गर्न लागीएको कमेडी एक्सनचलचित्रको छायांकन यसै महिनाको तेस्रो हप्ताबाट शुरु गरिने भएको छ।

हरि कुमार कटुवालले निर्माण गर्न लागेको चलचित्र गोबर गणेशमा मुख्य अभिनय जय किसान बस्नेत छन भने अन्य कलाकारमा सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का शिशिर भट्टराई ,टेकेन्द्र न्यौपानेर सम्पूर्ण सुनार, प्रेम दूध राज,देव गौतम,सुबिन थिङ लगायतको अभिनय रहनेछ।

चलचित्रको प्राबिधिकतर्फ द्वन्द्व निर्देशन राजु किराँतले  गर्दै छन् भने संगीत माधव भण्डारी र रिमेस कुमार त्यस्तै  सम्पादन अनिल कुमार महर्जन,कथा/संवाद भोमन कटुवालले गर्नेछन।

सो चलचित्रको पोस्ट प्रोडक्सन जेनेक्स  मिडिया नेपाल ले गर्ने जनाईएको छ। साथै कोरोना महामारीको कारणले हाम्रा शुभचिन्तक कलाकार प्राबिधिक र मिडियाकर्मीहरुलाइ निमन्त्रणा गराउन नसकेकोमा  बिलभ्ड ईन्टरटेन्मेन्ट परिवार क्षमा समेत मागेको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij