• Thursday 10th of September 2026

वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु


  • आशाका किरण

वासिङ्टन डिसी, १८ भदौ (रासस–एएनआई) –– अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ । महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति करिब ८.३० बजे अरेन्ज स्ट्रिटमा भएको हो ।

प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ । वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij