• Saturday 25th of July 2026

कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छ : राष्ट्रसंघ


  • आशाका किरण

संयुक्त राष्ट्रसंघ, १८ भदौ (रासस/पिटिआई) : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ ।

राष्ट्रसंघीय निकायहरुले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो । सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोनाभाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij