• Thursday 10th of September 2026

जि २० का विदेशमन्त्रीहरुद्धारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड


  • आशाका किरण

१९ भदौ (रासस÷एएनआई) : विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् ।विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन् ।हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले उनीहरुले यो आग्रह गरेका हुन् ।

त्यस बैठकका क्रममा उक्त संगठनका विदेशमन्त्रीहरुले देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका हुन् । सो बैठकमा सहभागी भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरु अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको बताउनुभयो ।

उहाँले महामारीपछि जतिसक्दो चाँडो जि २० मा सहभागी देशहरुले आफ्ना देशमा सीमाहरु खोल्नुपर्नेमा सबैको एकमत रहेको बताउनुभयो । साउदी अरेबियाको पहलमा जि २० को भर्चुअल बैठकको आयोजना गरिएको थियो । शुक्रबार आयोजना गरिएको सो बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो । सो बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij