• Tuesday 8th of September 2026

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


  • आशाका किरण
578268374

नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो । कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु-याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अङ्क अर्थात् १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ । कूल १८९ कम्प्नीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर रु दुई अर्ब १७ करोड ६८ हजार २८३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूहको शेयर भने वृद्धि भएको छ । व्यापार ३०.२१, होटल १.१३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरोलो लागे । यस्तै बैंकिङ ३.८३, विकास बैंक १५.७, जलविद्युत् २.३१, वित्त २.२४, निर्जीवन बीमा ३०२.०२, उत्पादन ३३.२२, अन्य ०.३९, लघुवित्त ३३.७३ र जीवन बीमा २०४.५३ ले वृद्धि भएको छ । स्टकका अनुसार आज पनि कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ८९५ मा रु १७ करोड २१ लाख ७२ हजार ११६ को कारोबार भई सो कम्पनी शीर्ष स्थानमा रहयो ।

यस्तै, नागरिक लगानी कोष रु नौ करोड २३ लाख २४ हजार ६८७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड एक लाख ३१ हजार ९४६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रु आठ करोड ५९ लाख ५७ हजार १३३, एभरेष्ट इन्स्योरेन्स कम्पनी रु आठ करोड ४३ लाख ९१ हजार ३०४ र शिवम् सिमेन्ट रु सात करोड नौ लाख ८६ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीका संस्थापक लगानीकर्ताले समान रुपमा ९.९९ प्रतिशतले कमाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९, एनआरएन इन्फ्रास्टकचर ९.८९, एनआरएन लघुवित्त ९.१४, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८.१३ र नेपाल फाइनान्स कम्पनीका लगानकिर्ताले ७.५६ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फण्ड ५.६४, आशा लघुवित्त ४.१३, साल्ट टे«डिङ कर्पोरेशन ३.५८, यूनियन हाइड्रोपावर २.९४ र मल्टीपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले २.७० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij