• Thursday 10th of September 2026

क्लालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, ट्रम्प सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने


  • आशाका किरण
WASHINGTON, DC - MARCH 01: U.S. President Donald Trump participates in a meeting with leaders of the steel industry at the White House March 1, 2018 in Washington, DC. Trump announced planned tariffs on imported steel and aluminum during the meeting, with details to be released at a later date. (Photo by Win McNamee/Getty Images)

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनुहुनेछ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ । डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् ।

शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । अरेगोनका गभर्नर केट ब्राउनले भन्नुभयो, “उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका बताउनुभएको छ । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।” राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताउनुभयो । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् । ब्राउनले भन्नुभयो, “डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ ।

साथै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।” मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ । दुई चार दिन मौसममा केही चीसोपन आउँदा अग्नि नियन्त्रणका लागि खटिएका अधिकारीले राहत महशुुस गरेको बताउँदै आएका भएपनि सोमबारदेखि मौसम प्रतिकुल हुने खबरले गर्दा डढेलो नियन्त्रणका लागि थप केही समय लाग्ने अनुमान गर्न थालिएको छ ।

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij