• Saturday 25th of July 2026

बिल गेट्सका पिताको निधन


  • आशाका किरण
NEW YORK, NY - SEPTEMBER 20: Bill Gates of The Gates Foundation, and Bill Gates, Sr. are seen during the The Lasker Awards 2013 on September 20, 2013 in New York City. (Photo by Brian Ach/Getty Images for The Lasker Foundation)

३१ भदौ ९रासस÷एएनआई० : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उहाँ अल्जाइमरको विरामी हुनुहुन्थ्यो ।

विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उहाँको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनुभयो । उहाँको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनुभएको छ । बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल हुनुहुन्थ्यो । उहाँ ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुनुभएको थियो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij