• Tuesday 8th of September 2026

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो


  • आशाका किरण

बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij