• Saturday 25th of July 2026

नेपाली जनतालाई धनी बनाउन गाँजालेमात्र सक्छ : पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ(भिडिओ)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले गाँजा खेती नेपाली जनताको समृद्धिको आधार बन्ने कुरा बताएका छन् । आशाका किरणको विषेश सम्वादमा बोल्दै तामाङले सो कुरा बताएका हुन् । विकसित राष्ट्रले गाँजा बेचेर अरबौं डलर कमाएको तर संसारकै नम्बर १ गुणस्तरको नेपाली गाँजा राज्यले राम्रो निति लिन नसक्दा खेर गएको पुर्व कानुन मन्त्री समेत रहेका शेरबहादुर तामाङले बताएका छन् । क्यान्सर जस्ता रोगको उपचारमा नेपाली गाँजा अति उपयोगी हुने र गाँजाको पातबाट राम्रो प्राङगारिक मल बन्ने र राम्रो कपडा उत्पादनमा समेत गाँजा प्रयोग हुने भएकाले अब गाँजालाई कानुनी मान्यता दिन ढिलो गर्न नहुने तर्क तामाङले अघी सारेका छन् ।

छिमेकी राष्ट्र चीनबाट मात्र नेपालमा  १२ करोडको गाँजाबाट बनेको अचार आयत हुने गरेको तामाङले बताए। नेपालमा गाँजालाई कानुनी मान्यता दिन सांसदमा प्रस्ताव समेत दर्ता गराएका तामाङले गाँजा खेतीबाट नेपाली किसानले प्रतिवर्ष २५-३० लाख सहजै आर्जन गर्न सक्ने भएकाले यसले वैदेशिक रोजगारीमा जानेको संख्या समेत घटाउने तामङको तर्क छ । हामीले हाम्रो माटोमा फाल्ने गाँजाको मूल्य चिन्न नसकेको र त्यसले हामीलाई धेरै पछी धकेलेको तामाङले बताए।

हेर्नुस आशाका किरण मिडियाकालागी आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईले नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पुर्व कानुनमन्त्री शेरबहादुर तामाङसंग गरेको  भिडियो कुराकानीको संपादित अंश :

यो पनी हेर्नुहोस् :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij