• Saturday 25th of July 2026

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोभिड–१९ सङ्क्रमित


  • आशाका किरण

कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ । पछिललो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ । डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा १९ लाख ९८ हजार ८९७ व्यक्ति सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक हप्ताको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या छ प्रतिशतले बढेको छ र यो महामारी सुरु भएदेखि कै उच्च सङ्क्रमण दर हो । विश्वमा मङ्गलबारसम्म कोभिड–१९ बाट तीन करोड १५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या नौ लाख ६९ हजार ७०० भन्दा बढी पुगेको डब्लुएचओले बताएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा ७० लाख ४६ हजार २१६ रहेको छ भने दोस्रो धेरै सङ्क्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजार ६०० भन्दा बढी पुगेको छ । अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख चार हजार ५०६ को मृत्यु भइसकेको छ । त्यस्तै बढी मृत्यु भएका अन्य मुलुकमध्ये ब्राजिलमा एक लाख ३७ हजार ३५०, भारतमा ८८ हजार ९६५, मेक्सिकोमा ७३ हजार ७००, बेलायतमा ४१ हजार ७८८र इटलीमा ३५ हजार ७२४ व्यक्तिको महामारीका कारण ज्यान गुमेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij