• Friday 24th of July 2026

अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत


  • आशाका किरण

२५ असोज ९रासस÷एएनआई० : अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।

शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो । रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए ।यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्नका लागि महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आउनुभएको थियो ।

रुसी राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको थियो ।यस युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गर्नुभएको बताइएको थियो ।
यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ । यस युद्धविरामका लागि रुसले गरेको पहलको पनि उहाँले स्वागत गर्नुभएको छ । उहाँले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताउनुभएको छ ।

यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको र पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण शुरु भएको थियो । हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समय आपसमा हमला भइरहेको छ । यस युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij