• Thursday 10th of September 2026

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल


  • आशाका किरण

१ कात्तिक (रासस÷एएनआई) : भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमती कार्यान्वयनका बारेमा कुराकानी गर्नुभएको हो ।

उहाँहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतीका विषयमा छलफल भएको थियो ।“श्रीलङ्का लागि भारतीय उच्च आयुक्तले श्रीलङ्काका विदेश मन्त्रीलाई आज भेट्नु भएको छ, उहाँहरु बीचको छलफल उपलब्धीमुलक भएको छ,” भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ ।

भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलङ्काका उर्जा मन्त्री उदय गम्मान्पीलासँग उर्जा सुरक्षा प्रवद्र्धनका बारेमा छलफल गर्नुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमती भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij