• Saturday 25th of July 2026

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ– सयुक्त राष्ट्रसघीय अधिकारी


  • आशाका किरण

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ– सयुक्त राष्ट्रसघीय अधिकारी
२ कात्तिक ९रासस÷एएनआई० : एक सयुक्त राष्ट्रसघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् ।
अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।

अल कायदा र तालिबानी सम्बन्धको सयुक्त राष्ट्रसघीय अधिकारी अनुगमन सम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी दिनुभएको हो ।

यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती सयुक्त राष्ट्रसघीय अधिकारीले यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको हो ।

हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij