• Thursday 10th of September 2026

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता


  • आशाका किरण
TOPSHOT - A resident walk in a village submerged by flood waters from Swar Chaung Dam in Swar township in Bago region on August 30, 2018. - Swar Chaung dam's spillway structure, which regulates the release of water from the levee, broke due to heavy seasonal rainfall in Bago region on August 29, inundating about 100 villages and blocking the country's biggest highway, a government official said. (Photo by Ye Aung THU / AFP)

भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति वेपत्ता भएका भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिले बिहीबार जनाएको छ ।

राज्यको क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नाम लगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार ३०० घर परिवारका कम्तीमा दुई लाख छ हजार ८०० व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ ।

हा तिन्ह र क्वाङ न्हि प्रान्तमा कम्तमिा ४६ हजार ८०० घरहरू डुबानमा परेका र कम्तीमा छ लाख ९१ हजार १०० चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ ।
भियतनामको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार विस्थापितलाई पुनः स्थापनाका कामहरू थालिसकिएको छ भने व्यवसायिक अनियमितता हुन नदिन अनुगमनलाई कडा पारिएको छ ।

मौसम विज्ञान विभागले हा तिन्ह, क्वाङ विन्ह, क्वाङ त्री र थुवा थेन हुवा क्षेत्रमा अझै पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij