• Tuesday 8th of September 2026

सहकारीको सिद्धान्त नबुझेकाले सहकारी संचालन गर्दा सहकारी अभियानमा समस्या आएको हो : दीपक पनेरु


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष एवम् सहकारी अभियानता दीपक पनेरुले सहकारीको मुल मर्म र सिद्धान्त नबुझेकाले सहकारी संचालन गर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् ।

संस्थाको विनियममा लेखिएको कुरानै पालना नगर्नाले सहकारी क्षेत्रमा समश्या आएको पनेरुको तर्क छ । समयानुकूल परिवर्तन हुन नसक्दा,प्रविधिको प्रयोग नगर्दा र नेतृत्व विकास तालिम नलिँदा सहकारी सदश्यप्रती चाहेजती उत्तरदायी हुन नसकेको दीपक पनेरुले बताए ।

२५ वटा नागरिकता लिएर दर्ता गरेर संचालकहरु परिवर्तन हुन नसकेकोले सहकारी क्षेत्रको विकास हुन नसकेको उनले बताए ।

हेर्नुस् आशाका किरण मिडियाकालागी आशाका किरण डट कमका संचालक एवम् प्रधान सम्पादक सुदर्शन बजगाईले काठमाडौ वचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरुको साथमा लिएको भिडियो वार्ताको पूरा अंश :

 के हो त कास्कूून  ?

सहकारी ऐन अन्तर्गत नेपाल राष्ट्र बैकबाट सिमित बैंकिङ कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरु मिली २०५९ श्रावण १० गते आपसी ऐक्यबद्धताका लागि विधिवत रुपमा संघ दर्ता गर्न रबि शम्शेर जबराको संयोजकत्वमा तदर्थ समिति गठन गरी २०५९ असोज २४ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा बचत तथा ऋण सहकारी स्थाहरुको जिल्ला छाता संघको रुपमा दर्ता भएको थियो ।

२०६४ जेष्ठ १८ गतेको साधारण सभाले केशव नरसिंह राजभण्डारी अध्यक्ष, नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरे उपाध्यक्ष, कास्कूनका पुर्व अध्यक्ष शम्भु प्रसाद घिमिरे सचिव, कास्कूनका निवर्तमान अध्यक्ष केशव प्रसाद दंगाल र निवर्तमान संचालकद्वय कूशश्री न्यौपाने र प्रकाश सिटौला संचालक रहेको संंचालक समितिको चयन गरेको थियो ।

त्यसैगरी २०७२ चैत्र ५ गतेको १२ औं वार्षिक साधारणसभाले सर्वसम्मतिबाट केशव प्रसाद दंगालको नेतृत्वमा सञ्चालक समिति चयन गरेको थियो भने पछिल्लो पटक २०७५ पौष २७ र २८ गतेको १५ औं वार्षिक साधारणसभाले सर्वसम्मतिबाट हालको कार्य समिति कास्कूनका पूर्व संचालक एवं नेफ्स्कूनका संचालक दिपक पनेरुको अध्यक्षता, कास्कूनका सचिव नवराज अर्याल उपाध्यक्ष, लेखा समिति सदस्य सालिकराम पुडासैनी सचिव, संचालक निरञ्जन सेढाई कोषाध्यक्ष र संचालक सुवास चन्द्र घिमिरे लेखा सुपरीवेक्षण समिति संयोजक रहने गरी नेतृत्व चयन भएको हो ।

देशको राजधानी काठमाडौंमा स्थापित र संचालित साकोसहरुको छाता संगठन कास्कूनले काठमाडौंमा स्थापित र संचालित साकोसहरु मध्ये एकतिहाई साकोसको प्रतिनिधित्व गरेको छ । थुप्रै सम्भावना र चुनौतीहरुका बीच सहकारीताका माध्यमबाट आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तन र राष्ट्रको सम्बृद्धिमा यो संघको अहम् भूमिका र अपरिहार्यता रहेको छ ।

हाल काठमाडौंमा स्थापित बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ६९० वटा प्रारम्भिक संस्थाहरु आवद्ध भई सञ्चालनमा रहेको यस संघले आफ्ना सदस्य संस्थाहरुलाई लगानीको अवसर लगायत लगानी गर्ने वातावरणको व्यवस्थापन तथा व्यवस्थापकीय शैलीमा अरु सुधार गरी कार्य कुशलता अभिवृद्धि गर्न, बचत तथा ऋण सहकारी संस्थाहरुमा विद्यमान तरलताको स्थितिलाई उपयुक्त लगानी नीति मार्फत समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुको सबल संघको रुपमा अगाडि बढाउन सदस्य संख्यामा बृद्धि लगायत आफ्ना सदस्य संस्थाहरुको विकासका लागि मूल्यमा आधारित प्राविधिक तथा प्रतिस्पर्धात्मक वित्तीय सेवाहरु प्रदान गर्न सहकारीका अन्तर्राष्ट्रिय मूल्यमान्यता र सिद्धान्तहरु यस संघ संचालनका मूलभूत तत्वहरु हुन् ।

त्यसैगरि सहकारी विभागको नीति, नियम, मापदण्ड तथा निर्देशन र परिपत्रहरु संघ संचालनका विधि हुन् । निकट भविष्यमा काठमाडौ जिल्ला भरि स्थापित र संचालित २९९७ सबै प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुलाई यस छाता संगठनको पहुँचसम्म ल्याउने र बढी भन्दा बढी सदस्यता वितरण गर्ने योजना रहेको छ ।

सदस्य संस्थाहरुलाई सर्वसुलभ र सहज सेवा पुर्याउने नीति अनुरुप काठमाडौं कलंकी र गोंगबुमा सदस्य सेवा कार्यालय र चावहिल–७, काठमाडौंमा रहेको संघको मुख्य कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

निकट भविष्यमा क्षेत्रीय सदस्य सेवा केन्द्रहरु क्रमशः स्थापना र संचालन गर्ने नीति तथा योजना रहेको छ । हाल यस संघमा कुल १८ जना कर्मचारी कार्यरत रहेका छन् र कुल सम्पति लगभग ७९ करोड रहेको छ ।

संघको चार वर्षे रणनीतिक योजनाको सामान्य जानकारी

बचत तथा ऋण सहकारी संघको उद्देश्य प्राप्तिको पछिल्लो पटक २०७५/७६–२०७९/८० सम्मको लागि संघका भावी कार्यक्रमको मार्ग चित्र तयार गरि परिणाम उन्मूख दिशा निर्देशका लागि चार वर्षे व्यवसायिक योजना तयार गरि लागु गरिएको छ । आगामी चार वर्षका लागि संघले दीगो सञ्जालका लागि उत्कृष्ट संघको परिकल्पना तय गरेको छ ।

उद्देश्यहरु

– बचत ऋण सहकारी सम्बन्धी उद्देश्य, सिद्धान्त, अवधारणा सुसुचित गरी संस्थाहरुको प्रवद्र्धन, विकास, विस्तार गर्ने गराउने ।- संस्थाहरुको स्वःस्फुर्त विकासका लागि शिक्षा, तालिम, सूचना, गोष्ठि, अध्ययन, अनुसन्धान, बजारीकरण मार्फत आवश्यक सहयोग पुर्‍याउने ।-सहकारी सञ्जाल र सरोकारवालाहरु बिच सहयोग र समन्वय मार्फत सदस्य संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने गराउने ।
-सञ्जाल भित्रको स्रोत सञ्जाल भित्रै परिचालन गरी सदस्य संस्थाहरुको वित्तीय आवश्यकता पुरा गर्न सहयोग गर्ने ।
-स्वनियमन र स्वनियन्त्रण प्रवद्र्धन मार्फत सदस्य संस्थाहरुको जोखिम न्युनिकरण गर्ने ।
-नविनतम प्रविधी हस्तान्तरण मार्फत सदस्य संस्थाहरुको सवलीकरण गर्ने ।
-सदस्य मैत्री सेवाहरुको विकास तथा प्रवद्र्धन मार्फत बचत ऋण सहकारीता विस्तार गर्ने ।
-पारस्पारिक सहयोग मार्फत वित्तीय स्थायित्व कायम गर्ने गराउने ।
-बचत ऋण सहकारी मैत्री वातावरण विकासका लागि बहस पैरबी गर्ने ।
-एकका लागि सबै, सबैका लागि एक भन्ने भावना अनुसार एकिकृत साकोस प्रणाली प्रवद्र्धन गर्ने ।
-बचत ऋण अभियानको अन्तर्राष्ट्रिय असल अभ्यास आन्तरीकीकरण तथा स्थानिय असल अभ्यास सञ्जालभित्र प्रवद्र्धन गर्ने ।
-सहकारी कानुन, अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आधारमा सदस्यहरुको आर्थिक, सामा विकास हुने कार्य गर्ने गराउने ।
-वित्तीय साक्षरता, लघुवित्त तथा उद्यमशिलता विकासका

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij