• Thursday 10th of September 2026

भारतमा कोभिड–१९ संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु


  • आशाका किरण
A vendor has his face covered with a cloth as a precaution against the coronavirus as he displays artwork for sale at a market in Bengaluru, India, Thursday, Oct. 29, 2020. India’s confirmed coronavirus caseload surpassed 8 million on Thursday with daily infections dipping to the lowest level this week, as concerns grew over a major Hindu festival season and winter setting in. India’s trajectory is moving toward the worst-hit country, the United States, which has over 8.8 million cases. (AP Photo/Aijaz Rahi)

नयाँदिल्ली, १३ कात्तिक (रासस–पिटिआई) –– भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लो पटक मृत्यु दरमा १.४९ प्रतिशतले कमी आएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ ।

परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन् ।

भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३ हजार ५५४, कर्नाटकका ११ हजार ४६, तमिलनाडूका ११ हजार १८, उत्तर प्रदेशका ६ हजार ९५८, आन्ध्र प्रदेशका ६ हजार ६४३, पश्चिम बंगालका ६ हजार ६६४, दिल्लीका ६ हजार ३९६, पञ्जाबका ४ हजार १५८ तथा गुजरातका ३ हजार ७०१ जना रहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij