• Friday 11th of September 2026

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार


  • आशाका किरण
FILE - In this Oct. 17, 2020, file photo, New Zealand's Prime Minister Jacinda Ardern gestures as she gives her victory speech to Labour Party members at an event in Auckland, New Zealand. Ardern announced her new Cabinet lineup Monday, Nov. 2, 2020, after her liberal Labour Party won reelection in a landslide victory last month. (AP Photo/Mark Baker, File)

वेलिङटन, १७ कात्तिक (रासस–एएनआई) –– न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गर्नु भएको छ । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ ।

रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गर्नु भएको छ । उहाँलाई अर्थ मन्त्रालयको कार्यभार समेत दिइएको छ ।

बीस सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान थिइएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ ।

गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमत सहित विजयी हुनु भएकी आर्डेनले मन्त्रिपरिषदलाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गर्नु भएको छ ।

मन्त्रिपरिषद गठनका बारेमा राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड–१९ ले न्यूजीन्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नयाँ मन्त्रिपरिषदलाई जतिसक्दो समावेशी बनाउने क्रममा आफूले योग्यतालाई पनि विशेष रुपमा ध्यान दिएको उहाँले स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल शुरु हुँदैछ ।

गत चुनावमा आर्डेनको लेबर पार्टीले ८७ प्रतिशत मतगणना भइसक्दा झण्डै ४९ प्रतिशत मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij